close

एआईजी पोखरेलले दिए राजीनामा

एआईजी पोखरेलले दिए राजीनामा

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन्।

पोखरेलको राजीनामा प्रहरी महानिरीक्षकले गृह मन्त्रालयमा पेस गरेपछि त्यो मन्त्रिपरिषद‍्मा पुग्नेछ। मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै राजीनामा लागू हुनेछ।

सरकारले आफूभन्दा कनिष्ठ एआईजीलाई महानिरीक्षकमा नियुक्त गरेपछि पोखरेल सिंहको बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए।

सिंहको बढुवा बदर गरी आफूलाई आईजीपी बनाउन माग गर्दै पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि उनले राजीनामा दिएका हुन् ।