close

सशस्त्र प्रहरीद्वारा विभिन्न ठाउँबाट लागूऔषध बरामद

सशस्त्र प्रहरीद्वारा विभिन्न ठाउँबाट लागूऔषध बरामद

Trulli
ADVERTISEMENT

काठमाडौं  । सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सोनमा गाउँपालिका २ स्थित खखना चोकबाट लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय शंकर यादव, १८ वर्षीय राजदेव यादव र १७ वर्षीय अवधेश यादव छन् ।

सशस्त्र प्रहरी बल नेपाल (बिओपी) रघुनाथपुरबाट खटिएको सशस्त्र प्रहरीले चेक जाँच गर्दा उनीहरूको साथबाट एक्जिप्लोन १ बोतल, निट्जाकेयर ३० पत्ता र १ ग्राम गाँजा फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन शर्माले जानकारी दिए । 

यसैगरी पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनीभाठाबाट विभिन्न किसिमका लागूऔषधसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही जिल्लाको पटेर्वा सुगौली गाउँपालिका ३ बस्ने १७ वर्षीय मन्जित महरा चमार छन् ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट प्रसौनीभाठाबाट खटिएको सशस्त्र प्रहरीले बा.५२ प ६१४६ नम्बरको मोटरसाइकल चेक जाँच गर्दा नाइट्राभेट ३ सय वटा, डाइजेपाम ५१ वटा, नोफिन ५१ वटा र फेनारगन ४९ वटा फेला पारेको शर्माले जानकारी दिए ।