close

तीन नदीको त्रासमा एकडाराका ४ वडाका बासिन्दा

तीन नदीको त्रासमा एकडाराका ४ वडाका बासिन्दा

Trulli
ADVERTISEMENT

महोत्तरी । एकडारा गाउँपालिका हुँदै ३ नदी बग्छन् ।

बर्खा लागेसँगै कुनै बेला कुन नदीमा बहाव बढ्ने हो भनेर स्थानीय त्रासमा बाँचेका छन् । 

जङ्घा, रातु नदी र ओक्सी गरी ३ नदीले गर्ने धार परिवर्तन र वर्षात‍्मा बढ्ने बहावका कारण त्यँहाका बासिन्दा त्रासमा बस्न बाध्य भएका हुन् । हरेक वर्ष बाढीले क्षति पुर्‍याउने हुँदा उनीहरू त्रासमा बस्न बाध्य भएका हुन् । 

गाउँपालिका अध्यक्ष दीपनारायण मण्डलका अनुसार गाउँपालिकाको वडा नम्बर २, ३, ५ र ६ नदीको जोखिममा पर्छन् । उनका अनुसार कहिले धार परिवर्तन गर्छ भने कहिले एउटै नदी भएर पनि  जाने भएकाले समस्या भएको हो । सधैं एकैधार भएर बग्न र क्षति कम गर्नका लागि गाउँपालिकाको सहयोगमा बाँध बनाउने र तारजाली निर्माणको काम बर्सेनि हुँदै आएको छ । 

अध्यक्ष मण्डलका अनुसार हालसम्म ठूलो पानी नपरेको हुँदा जनधनको क्षति नभए पनि त्रासमा स्थानीयहहरू छन् भने विपद‍् व्यवस्थापनका लागि गाउँपालिकाले उच्च सतर्कताका अपनाएकाे उनको भनाइ छ । 

महोत्तरी जिल्लामा रातु, जङ्घा, मरहा, ओक्सी, कुटमेश्वरी र बाँके नदी धेरै डुबान गराउने नदी हुन् । जसमध्ये जङ्घा, रातु र ओक्सीले एकडारा गाउँपालिकामा उत्पात मच्चाउँदा बर्सेनि लाखौंको क्षति हुने गरेको छ । यहाँ डुबानसँगै कटानको जोखिम हुने गरेको छ ।