close

वडाध्यक्षसँग विद्यार्थीको गुनासो

वडाध्यक्षसँग विद्यार्थीको गुनासो

Trulli
ADVERTISEMENT

ललितपुर । ठैबका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आफूले भोगेको जोखिमबारे वडाध्यक्ष समक्ष गुनासाो पोखेका छन् ।

शुक्रबार ठैबमा शहरी वातावरण व्यवस्थापन समाज र युनिसेफद्धारा आयोजित बालबालिबाद्वारा तयार गरिएको जोखिम नक्साकंन  प्रस्तुतीकरण कार्यक्रममा सहभागी विद्यार्थीले गोदावरी नगरपालिका वडा नम्बर १४ ठैबका वडाध्यक्षसहितका जनप्रतिनिधिसमक्ष गुनासो राखेका हुन् ।

उनीहरुले प्राकृतिक विपत्ति, अस्तव्यस्त सडक र स्थानीय सरकारको बेवास्ताले विद्यार्थी र स्थानीय जोखिममा परेको बताए । सो समस्या र जोखिमबारे स्थानीय सरकारलाई ध्यानाकर्षण गराउँदै उनीहरुले समस्या समाधान गर्न वडा कार्यालयसँग आग्रह समेत गरे । 

१४ नम्बर वडाका वडाध्यक्ष निरज बज्रचार्यले आफ्नो कार्यकाल सुरु भएदेखि आफ्नो क्षेत्रमा भएको समस्या पहिचान गर्दै समाधान गर्दै आएको बताए ।

आफू निर्वाचित भएयता सडकमा पोल व्यवस्थापन, खाल्डो पुर्ने, तार व्यवस्थापन लगायतका काम गर्दै आएको उनले बताए । विद्यार्थीहरुको सल्लाह सुझाव अनुरुप अन्य समस्या पनि समाधान गर्दै जाने उनले सुनाए । 

समाजका उपकार्यकारी निर्देशक गुहेश्वरी तुलाधारले पछिल्लो समय उपत्यका लगायत केही शहरमा पानीजन्य रोगबाट ग्रसित भएको र सो रोग निराकरणका लागि विद्यार्थी, समुदाय र टोलटोलमा गएर जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।  

उनले विद्यार्थीले पनि आफ्नो परिवार र समाजलाई परिवर्तन गर्न सक्ने बताउँदै विद्यार्थीहरुलाई स्वच्छ खानेपानी सम्बन्धी तीन दिने तालिम दिएको बताइन् ।

समाजले ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, बागमती गाउँपालिकालगायत विभिन्न स्थानीय तहसँग सहकार्य गरेर स्वच्छ खानेपानी प्रयोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।