close

तीनकुनेस्थित कल सेन्टरमा प्रहरीको छापा

तीनकुनेस्थित कल सेन्टरमा प्रहरीको छापा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।  काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले तीनकुने र गैह्रीगाउँका तीन ठाउँमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।

परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले तीनकुनेलगायत अन्य आशंका गरिएका अन्य स्थान प्रहरी खटिएको बताए । ‘कल सेन्टरमा छापा मार्ने काम भइरहेको छ, ’ उनले पालिका खबरसँग भने । 

आइतबार मात्रै रुपन्देहीको तिलोत्तमा नगरपालिका- २ को ब्लु स्काइ कल सेन्टरबाट सात सञ्चालकसहित डेढ सय युवा युवती पक्राउ परेका छन् । 

नगरपालिकामा अवैध रुपमा सञ्चालित सो कल सेन्टरमा आइतबार प्रहरीले छापा मारी  उनीहरूलाई पक्राउ गरेको थियो ।  

सर्वसाधारणको मोबाइलमा ह्वाट्सप र फेसबुकमा चिट्ठा पर्‍यो भन्दै म्यासेज पठाउने, अश्लील सन्देश पठाउने र ठगी गर्ने  गरेको खुलेको छ ।

२०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ परेका थिए ।