close

उपत्यकामा मनाइयो घण्टाकर्ण पर्व

उपत्यकामा मनाइयो घण्टाकर्ण पर्व

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले मंगलबार घण्टाकर्ण पर्व मनाएका छन् ।

चोक दोबाटोमा बसेर बालबालिका चोर्ने र मारेर खाने घण्टाकर्णलाई टोलबासी मिलेर मारी दाहसंस्कार गरेको पर्वका रूपमा गठांमुगः चःह्रे मनाइएको हो । 

अघिल्लो दिन साँझ नै नर्कटमा छ्वाली बेरेको मानव रुपी गठांमुगःको पुत्ला र गठांमुगःलाई टोलबासी मिलेर नजिकको दोबाटोमा लगेर जलाएका छन् ।