close

डिआरडिसी जुम्लाको अध्यक्षमा न्यौपाने

डिआरडिसी जुम्लाको अध्यक्षमा न्यौपाने

Trulli
ADVERTISEMENT

जुम्ला । अपाङ्ग पुनर्स्थापना  तथा विकास केन्द्र जुम्लाको अध्यक्षमा रामकृष्ण न्यौपाने चयन भएका छन् । छैटौँ चुनावी अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै, उपाध्यक्षमा रुप्शी बुढा, महासचिवमा विजकली महतारा चयन भएकी छन् भने कोषाध्यक्षमा रजना बुढा निर्वाचित भएकी छन् । 
सदस्यहरूमा नेत्रबहादुर शाही, नन्दराज धिताल, यज्ञबहादुर बुढ्थापा, कमला बुढा चयन भएका छन् । 

जिल्ला सदरमुकाममा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष रामकृष्ण न्यौपानेले संस्था र अग्रजहरूले देखाएको बाटो र अपांगता सवाललाई प्रथामिकता दिने प्रतिवद्धता जनाए ।

पुनर्स्थापना केन्द्रको अधिवेशनको उद्घाटन  जिल्ला समन्वय उपप्रमुख जनक थकाली र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले गरेका थिए ।

अपांग पुनर्स्थापना  तथा केन्द्र जुम्लामा लामो समयदेखि अपांगता क्षेत्रमा कार्यरत संस्था हो । 

संस्थाले राज्य र सरोकारवाला निकायसँग मिलेर जनचेतना, क्षमता अभिवृद्धि, आयआर्जन, नीतिगत पैरवी गर्दै आएको छ । केन्द्रले नेपाली अपांगता भएका भएका व्यक्तिको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालमा पनि प्रतिनिधित्व गरिसकेको छ ।
संस्थाले जिल्लाभर आफ्नो समूह तथा संजालसमेत विस्तार गरको छ । पुनर्स्थापना  केन्द्रको चुनावी साधारणसभामा जिल्लाभरका समूहका सदस्य, प्रतिनिधि र साधारण सदस्यको उपस्थिति भएका संस्थाले जनकारी गरेको छ ।

पुनर्स्थापना  केन्द्रको विधानलाई संघीयताको मोडलमा लैजानले साधरणसभामा प्रस्ताव अगाडि सारिएको छ । यसका लागि जिल्लाका सबै तहमा समूह पुनर्गठन गर्ने, ती समूलाई दर्ता गराउने र हरेक स्थानीय तहका पाँच प्रतिनिधि साधारण सदस्य भएर आउने व्यवस्थालाई समेत अगाडि बढाइने भएको छ ।