close

बेवारिसे अवस्थामा भेटिएका ८ वटा बम डिस्पोजल

बेवारिसे अवस्थामा भेटिएका ८ वटा बम डिस्पोजल

Trulli
ADVERTISEMENT

मुस्ताङ । जिल्ला प्रहरी कार्यालय मुस्ताङ र नारायणदल गणका नेपाली सेनाको डिस्पोजल टोलीले बेवारिसे अवस्थामा फेला परेका बम  डिस्पोजल गरेको छ । 

गत मंगलबार जिम्बु टिप्न वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ प्याङ पुगेका स्थानीयले एक ओढारमा बेवारिसे विस्फोटक पदार्थ फेला पारेका थिए । शंकास्पद वस्तु देखेर खोल्ने क्रममा अचानक पड्किएर ४ जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार उक्त घटनापछि घटनास्थल पुगेका डिस्पोजल टोलीले प्याङ भन्ने ठाउँको उक्त ओढारमा पुगेर ८ वटा बमको डिस्पोजल गरेको हो  । 

प्रहरी निरीक्षक सुवेदीका अनुसार उक्त बम खम्पा विद्रोह बेलाको हुनसक्ने अनुमान गरिएको छ । तर यसबारे अनुसन्धानको काम सकेपछि मात्र कहिले लुकाइएको बम हो भनेर थाहा हुने उनको भनाइ छ ।