close

धनगढीमा घरमा राखिएको मोटरसाइकलमा आगजनी

धनगढीमा घरमा राखिएको मोटरसाइकलमा आगजनी

Trulli
ADVERTISEMENT

काठमाडौं । धनगढी उपमहानगरपालिका–६ जालीगाउँका जगतराम चौधरीको घरमा राखिएको मोटरसाइकलमा आगजनी भएको छ । 

घरको बरण्डामा राखिएको से‍.४प.६८९४ नम्बरको मोटरसाइकलमा आगलागी भएकाे बताइएको छ । आगलागी कसले गर्‍यो भन्नेबारे खुल्न नसकेको प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोसीले जानकारी दिए । 

मोटरसाइकल आगजनीबाट जलेर पूर्णरूपमा क्षति पुगेको छ । घरका सबै सदस्य सुतिसकेको अवस्थामा भएको सो घटनाका बारेमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले बताए ।