close

निहारिका बलात्कार आरोपितलाई अनुसन्धान गर्न प्रहरीलाई अनुमति

निहारिका बलात्कार आरोपितलाई अनुसन्धान गर्न प्रहरीलाई अनुमति

Trulli
ADVERTISEMENT

काठमाडौं ।जिल्ला प्रशासन कार्यालय धनुषाले प्रहरीलाई निहारिका राजपूतका बलात्कार आरोपित शिवराज श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

मंगलबार साँझ पक्राउ परेका श्रेष्ठलाई जिप्रका धनुषाले अनुसन्धानका लागि पाँच दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो । 

सोधपुछपछि प्रहरीले उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

आफूमाथि बलात्कार भएको भन्दै निहारिका अनसनरत छिन्। स्वास्थ्य अवस्था बिग्रिएपछि शिक्षण अस्पतालमा उपचाररत उनलाई भेट्न सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा बन्दी अस्पताल पुगेका थिए।

गत जेठ २८ देखि माइतीघरमा अनशन बसेकी उनले सरकारसँग ५ बुँदे सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस पिएर अनशन तोडेकी थिइन्। तर, सहमतिअनुसार सरकारले प्रक्रिया अघि नबढाएको भन्दै उनी गत साउन २० देखि पुनः अनशन बसेकी थिइन् ।