close

धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु

धरानमा दुर्घटना हुँदा एकजनाको मृत्यु

Trulli
ADVERTISEMENT

सुनसरी । धरान उपमहानगरपालिका–८ मा बुधबार साँझ जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १–०२–०४८ प ४८३१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार इटहरी उपमहानगरपालिका–११ का ३१ वर्षीय सुरज दाहालको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको हो ।