close

निसीखोला गाउँपालिका-४मा टाउको विनाको शव फेला

निसीखोला गाउँपालिका-४मा टाउको विनाको शव फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका-४ झिवाखोलामा एक युवाको शव फेला परेको छ ।

प्रहरीले झिवाखोला बजारनजिकै निसीखोलामा निसीखोला गाउँपालिका-५ कामिडेरा निवासी २४ वर्षीय तुलबहादुर बिकको शव फेला परेको जनाएको छ ।

टाउको चुडिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ । 

बुधबार नै शव फेला परे पनि शवको टाउको नभएपछि पहिचानमा समस्या भएको थियो । शवको हातमा खोपेको ट्याटुको माध्यमबाट प्रहरीले शवको पहिचान गरेको हो ।

हत्या गरेर पहिचान लुकाउनका लागि टाउको काटेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ ।