close

बाँकेमा करेन्ट लागेर बाबु र छोराको मृत्यु

बाँकेमा करेन्ट लागेर बाबु र छोराको मृत्यु

Trulli
ADVERTISEMENT

बाँके । नेपालगञ्जमा आज बिहान करेन्ट लागेर  बाबु र छोराको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ का ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । 

प्रहरीका अनुसार अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेपछि बचाउन खोज्दा बाबुको पनि ज्यान भएको हो । 

गम्भीर घाइते भएपछि नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको थियो ।