close

भरुवा बन्दुक र चाँदीसहित दुईजना पक्राउ

भरुवा बन्दुक र चाँदीसहित दुईजना पक्राउ

Trulli
ADVERTISEMENT

बारा । जितपुर सिमरा उपमहानगरपालिका- १७ रामनगर गुम्बा टोल बस्ने सन्जिव बललाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

प्रहरी चौकी जैतापुर, बारा समेतबाट खटिएको प्रहरी टोलीले बलको घरबाट सिरकले लुकाई राखिएको एक थान लोड गरिएको भरुवा बन्दुक र सोमा प्रयोग हुने पाँच थान बेरिङ बरामद गरेको छ।

यसैगरी बाराको बिश्रामपुर गाउँपालिका-१ छतवाबाट प्रहरीले चाँदी र सुनसहित एक जनालाई पक्राउ गरेको छ। सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने २९ वर्षीय रामबिनय साहलाई चाँदी र सुन सहित पक्राउ गरेको हो।