close

भक्तपुर र वर्दिबासका नगरप्रमुखबीच भेटर्वार्ता

भक्तपुर र वर्दिबासका नगरप्रमुखबीच भेटर्वार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीबीच भेटवार्ता भएको छ । भेटमा दुवै नगरप्रमुखले स्थानीय तहको चुनौतीबारे अनुभव साटाासाट गरेका छन् ।  

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणलाई प्रमुख प्राथमिकतामा राख्दै भक्तपुर नगरपालिकाले भक्तपुरको मौलिक पहिचानलाई जीवन्त राख्न नगरभित्र सञ्चालित ९२ वटा विद्यालयहरुमा कक्षा १ देखि ८ सम्मको ‘ख्वपको पहिचान’ पाठ्यक्रम लागू गरेको बताए । 

उनले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी थप २ कलेज सञ्चालन गरी बीबीए र बिएएलएलबी अध्यापन गराउन नपा प्रयासरत रहेको बताए । 

भेटका क्रममा बर्दिबास नपाका प्रमुख क्षेत्रीले बर्दिबास नपाको संक्षिप्त जानकारी दिएका थिए । उनले आफ्नो प्रशासनिक भवन नभएकाले थप समस्या भोग्नुपरेको बताए । उनले नपाक्षेत्रभित्र रिड्डरोड निर्माणको परिकल्पना गरी कार्य गरिरहेको समेत जानकारी दिए  ।