close

सासूमाथि कुटपिट गरेको आरोपमा दुई महिलालाई पक्राउ

सासूमाथि कुटपिट गरेको आरोपमा दुई महिलालाई पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । आछामको पञ्चदेवल विनायक नगरपालिका-६बाट सासुमाथि कुटपिट गरेको आरोपमा दुई महिलालाई पक्राउ परेका छन् । 

अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीलाई पक्राउ गरेको बताए । 

‘हामीले सामाजिक सञ्जालमा भिडियो देखेपछि घटनाको अनुसन्धान थालेका थियौँ । त्यो भिडियो पञ्चदेवल विनायक नगरपालिका– ६ की महिलामाथि उनकै बुहारीले अभद्र व्यवहार गर्दै कुटपिट गरेको रहेछ भन्ने खुलेको छ,’ प्रहरी निरीक्षक विष्टले अनलाइनखबरसँग भने, ‘अहिले जिल्लाबाट खटाइएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला ल्याएपछि थप कुरा खुल्नेछ ।’

प्रहरीका अनुसार सासूमाथि कुटपिट गर्ने बुहारीहरुको नाम भने खुलेको छैन ।उनका श्रीमान्‌ चुडामणि न्यौपाने अपाङ्ग भएको बुझिए पनि विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।