close

चौदण्डीगढीका प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरुवा

चौदण्डीगढीका प्रमुख प्रशासकीय अधिकृत आचार्यको सरुवा

Trulli
ADVERTISEMENT

उदयपुर । चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्वराज आचार्यको सरुवा भएको छ । उनी सञ्चार मन्त्रालयमा सरुवा भएका हुन् ।

झण्डै २३ महिना चौदण्डीगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका आचार्यको बिदाइ शनिबार गरिएको गाउँपालिकाले जनाएको छ । 

शनिबार आयोजित बिदाइ तथा सम्मान कार्यक्रममा नगरले सात जना उत्कृष्ट कर्माचारीलाई सम्मान पनि गरेको थियो।