close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थानभन्दा केही उत्तर तर्फ रहेको मौसम पूरवानुमान महाशाखाले जनाएको छ । 

अहिले ( सोमबार बिहान) प्रदेश १, मधेश, बागमाती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा समेत भैरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।   

आज राति पनि प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।