close

जब साधनाले बाटाेमा सुनको सिक्री भेटिन्...

जब साधनाले बाटाेमा सुनको सिक्री भेटिन्...

Trulli
ADVERTISEMENT

म्याग्दी । एक युवतीले बाटोमा भेट्टाएको सुनको सिक्री (गहना) प्रहरीमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएर इमान्दारिताको नमूना प्रस्तुत गरेकी छन् ।

रघुगङ्गा गाउँपालिका–२ की २३ वर्षीया साधना केसीले सोमबार बिहान एक तोलाको सुनको सिक्री भेटिन् ।

बेनी नगरपालिका–८ मा रहेको गणेश मन्दिर नजिकको सडकमा साधनाले सुनको सिक्री भेट्टाएकी हुन् ।

बाटोमा सुनको सिक्री भेट्टाएपछि साधनाले उक्त सिक्री जिल्ला प्रहरी कार्यालयमा लगेर बुझाइन् ।

उक्त सिक्री पर्वतको जलजला गाउँपालिका–२ मल्लाजका २४ वर्षीय सागर अधिकारीको रहेछ ।

सागरले हराएको सुनको सिक्री आफ्नो भएको प्रमाणसहित प्रहरी कार्यालय पुगे ।

सिक्री सागरको रहेको पुष्टि भएपछि साधनाले सिक्री हस्तान्तरण गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।