close

साकेला गाउँपालिकाको भवन शिलान्यास

साकेला गाउँपालिकाको भवन शिलान्यास

Trulli
ADVERTISEMENT

खोटाङ । साकेला गाउँपालिकाको भवन शिलान्यास गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको पाँच वर्षपछि गाउँपालिकाको आफ्नै भवन निर्माण सुरु गरिएको हो । 

संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण हुने भवन सोमबार गाउँपालिका अध्यक्ष रबीप्रकाश राईले शिलान्यास गरेका छन् । ७ करोड ६२ लाख ३५ हजार १५२ रुपैयाँका लागतमा निर्माण गर्नेगरी निर्माण कम्पनी मल्लरानी–सजीव जेभीले गत २० असारमा भवन निर्माणको सम्झौता गरेको गाउँपालिकाका इन्जिनियर आशिष राईले बताए । 

भवन शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।