close

साल्पासिलिछोका पूर्वअध्यक्षविरुद्ध पक्राउ पुर्जी

साल्पासिलिछोका पूर्वअध्यक्षविरुद्ध पक्राउ पुर्जी

Trulli
ADVERTISEMENT

भोजपुर । साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  बहुविवाहको आरोप लागेका राईविरुद्ध जिल्ला अदालत काठमाडौंले सोमबार पक्राउ पुर्जी जारी गरेको हो। 

यसअघि ११ दिनको फरकमा दुई विवाह गरेको प्रमाण फेला परेपछि महेशविरुद्ध पत्नी हिमालय राईले गत फागुनयता जाहेरी दिन प्रहरीकहाँ धाइरहेकी थिइन् । तर, वृत्तले उजुरी लिन मानेको थिएन। चैत ११ गते उनले महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी वृत्त (महिला सेल) कालीमाटी, महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र सोही कार्यालयका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलविरुद्ध उच्च अदालत पाटनमा रिट हालेकी थिइन्।

साढे तीन महिनापछि असार २९ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले पीडितको रिटमा फैसला गर्दै ‘जाहेरी दर्ता गरी आवश्यक कारबाही गर्नू’ भनी विपक्षीहरूमा नाममा परमादेश जारी गर्‍यो । यसपछि मात्रै महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते बहुविवाहविरुद्धको उजुरी दर्ता गरेको थियो ।