close

दशैंका लागि बसको अग्रिम टिकट असोज १ गतेदेखि खुल्दै

दशैंका लागि बसको अग्रिम टिकट असोज १ गतेदेखि खुल्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । दशैँमा घर जाने अग्रिम टिकट सकिने भएको छ । त्यसका लागि सम्बन्धित यातायात सेवा प्रदायकले असोज १ गतेदेखि अग्रिम बुकिङ खुलाउने निर्णय गरेको हो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायीको बुधबार बसेको बैठकले यो निर्णय गरेको हो ।

आगामी असोज १ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको विभागले दसैंको पहिलो दिन घटस्थापनाको दिनदेखि पूर्णिमाको दिनसम्म सबै सर्वाजनिक गाडीहरुको रुट पर्मिट खुल्ला गर्ने समेत निर्णय गरेको छ । 

दसैंको सार्वजनिक यातायात, सडक सुरक्षा, अनलाइन टिकट बुकिङ, कोरोना सुरक्षा लगायतका सन्दर्भमा यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, सुरक्षा निकाय लगायत सरोकारवाला व्यक्तित्वहरुसँग मंगलबार ९ बुँदे सहमति भएको छ ।​