close

बुटवलबाट हराएका तीन बालक मुम्बईमा भेटिए

बुटवलबाट हराएका तीन बालक मुम्बईमा भेटिए

Trulli
ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका तीनजना बालक भारतको मुम्बई पुगेको खुलेको छ ।

बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालयतर्फ गए पनि विद्यालयसमेत नपुगी बेपत्ता भएका थिए । 

तीमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र  पन्थी  नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए । शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालक सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीलेले बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए । 

समीरले शनिबार दिउँसो करिब २ बजे आफन्तलाई फेसबुक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञातस्थलमा राखिएको बताएका थिए ।