close

कारमा लिफ्ट मागेकी महिला बलात्कृत, ८ जना पक्राउ

कारमा लिफ्ट मागेकी महिला बलात्कृत, ८ जना पक्राउ

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिका-७ शान्तिनगरबाट एक महिलालाई कारमा लिफ्ट दिएर ९ जनाले सामुहिक बलात्कार गरेका खुलेको छ । 

प्रहरीका अनुसार गत भदौ १४ गते बिहान कारमा लिफ्ट दिएर महिलाको डेरा बगर सम्म पुर्‍याइदिने भन्दै उनीहरूले कास्कीको माछापुच्छे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै महिलाले उजुरी दिएकी छन् ।

माछापुच्छे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बंगुर फर्ममा लगी कर्मचारी बस्ने कोठामा ९ जनाले नै बलात्कार गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए ।

बलात्कारको आरोपमा ८ जनालाई पक्राउ गरी सकेको र १ जना अझै फरार रहेको उनले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।