close

अछाम पहिरो : १३ को मृत्यु, १० बेपत्ता र ४ जनाको उद्धार

अछाम पहिरो : १३ को मृत्यु, १० बेपत्ता र ४ जनाको उद्धार

Trulli
ADVERTISEMENT

अछाम । अछामको तुर्माखाद गाउँपालिका, ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाको ४ स्थामा पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मिनराज आचार्यका अनुसार अन्य १० जना बेपत्ता छन् भने चार जनाको जीवितै उद्धार गरिएको छ । 

सूचना अधिकारी रिजालका अनुसार तुर्माखाद-४ मा दुई बालिकाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता छन् । कमल पोखरी-६ मा ४ जनाको शव भेटिएको छ भने ३ जना बेपत्ता छन् । त्यस्तै कमल पोखरी-८ मा ५ जनाको शव भेटिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको पालिका खबरलाई बताए । 

यता ढकारी गाउँपालिका-६ मा पहिरो जाँदा २ जनाको शव भेटिएको भने ३ जना जीवितै उद्धार गरिएको छ ।