close

चाँगूले ९५ वर्षमाथिका २६ वृद्धवृद्धालाई सम्मान गर्ने

चाँगूले ९५ वर्षमाथिका २६ वृद्धवृद्धालाई सम्मान गर्ने

Trulli
ADVERTISEMENT

भक्तपुर ।  चाँगुनारायण नगरपालिकाले ९५ वर्ष भन्दामाथिका वृद्धवृद्धालाई सम्मान गर्ने भएको छ । यही १३ गते पर्ने ज्येष्ठ नागरिक दिवसको अवसरमा चाँगुनारायण नगरले सम्मान गर्न नगरपालिकाले जनाएको छ । 

नगरपालिकाको सभाहल दपादम्फोमा एक कार्यक्रमको आयोजना गरी सम्मान गर्न लागिएको भन्दै सबैलाई उपस्थितिका लागि नगरपालिकाले आग्रह गरेको छ । 

नगरपालिकाका अनुसार सम्मानित हुने वृद्धवृद्धा २६ जना छन् भने ८० वर्षभन्दा माथिका वृद्धवृद्धा ६०२ जना रहेका नगरपालिकाले पालिका खबरलाई जनाएको छ ।