close

विमान‍्स्थनलबाटै सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा

विमान‍्स्थनलबाटै सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा

Trulli
ADVERTISEMENT

काठमाडौं । नाबालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे । 

२०७९ भदौ २१ मा एक किशाेरीले लामिछानेविरुद्ध जबर्जस्ती करणीकाे आराेपमा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदाै ५ गते तिलगंगाकाे एक हाेटलमा बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन् । 

 प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धान गर्ने क्रमा भदाै २३ मा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएकाे थियाे । 

उनले यसअघि नेपालका अधिकारीसमक्ष आत्मसमर्पण गर्ने इमानदार प्रतिबद्धता बमोजिम बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सन्दीपले उल्लेख गरेका थिए । 

उनी कतार एअरवेज हुँदै नेपाल आएका हुन् । उनले आफूमाथि गलत आरोप लागेकाले न्याय पाउनेमा विश्वस्त रहेको बताएका छन् ।