close

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा आज मध्य-पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।