close

मङ्गलबारदेखि मात्र मौसम सुधार हुने

मङ्गलबारदेखि मात्र मौसम सुधार हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । 

उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना रहेको हो । आगामी मङ्गलबारदेखि मौसम क्रमिकरुपमा सुधार हुनेछ । 

हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको असर रहेको छ । प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी स्वदेशमा सामान्य बदली रहेको छ । 

प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ  । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।