close

पहिरोले पुरेर एकै परिवारका ५ सहित ७ जनाको मृत्यु

पहिरोले पुरेर एकै परिवारका ५ सहित ७ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

जुम्ला । कनकासुन्दरी–५ को बारकोटेबाडामा गएको पहिरोले पुरेर एकै परिवारका पाँच जनासहित सात जनाको मृत्यु भएको छ । 

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार पहिरो शनिबार बिहान करिब ३-४ बजेको बीचमा खसेको हो। 

गणेश बहादुर शाहीको घरमा खसेको पहिरोमा परी उनीसहित तीन छोरा र उनकी बुहारीको मृत्यु भएको हो। मृत्यु हुनेमा गणेश, उनका छोरा रमेश र रमेशकी श्रीमती तथा अन्य दुई छोरा अनमोल र मिलन छन् । यस्तै बेपत्ता भनिएका अन्य दुई जनाको पनि शव फेला परेको प्रजिअ केशरीले जानकारी दिए। 

यस्तै पहिरोमा पुरिएका दुई जनाको उद्धार गरिएको केशरीले जानकारी दिए। अवस्था गम्भीर भएका उनीहरुलाई हेलिकप्टबाट उपचारका लागि सुर्खेत पठाउने तयारी भइरहेको छ ।