close

शताव्दी पुरुष जोशी आईसीयूमा भर्ना

शताव्दी पुरुष जोशी आईसीयूमा भर्ना

Trulli
ADVERTISEMENT

काठमाडौं । सँस्कृतिविद एवम् शताव्दी पुरुष सत्यमोहन जोशीलाई आईसीयू कक्षमा सारिएको छ ।

जोशीको स्वास्थ्यमा सुधार नभएपछि उनलाई आईसीयूमा राखेर उपचार थालिएको किष्ट मेडिकल कलेजले जानकारी दिएको छ । 

१०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या भएपछि असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

किष्ट मेडिकल कलेजका निर्देशक एवम् प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीलाई डेंगु संक्रमणले निकै गलाएको छ । १७ दिनको अस्पताल बसाइको क्रममा शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछिल्ला तीन/चार दिनदेखि उनमा खानामा पटक्कै रुचि नभएको र बोल्न पनि नसक्ने अवस्थामा रहेको जारी  स्वास्थ्य बुलेटिनमा उल्लेख छ । उनमा युरिन इन्फेक्सन र छातीमा निमोनिया पनि देखिएको छ ।

‘जोशीज्यूको समग्र अवस्थामा उल्लेखनीय प्रगति भएको पाइएको छैन,’ किष्ट मेडिकल कलेजको बुलेटिनमा लेखिएको छ । किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । साथै घरमा रहेको बेलामा पनि नर्सिङ सेवा उपलब्ध गराउँदै आएको छ ।