close

शताब्दी पुरुष सत्यमोहनको अवस्था चिन्ताजनक

शताब्दी पुरुष सत्यमोहनको अवस्था चिन्ताजनक

Trulli
ADVERTISEMENT

काठमाडौं । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ । जोशी उपचाररत किष्ट अस्पतालले एक सूचना जारी गरी जोशीको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो । 

अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले सोमबार जारी गरेको विज्ञप्तिमा जोशीको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ।  

जोशीलाई असोज २३ गतेदेखि छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ । यस्तै मुटुको चालसम्बन्धी समस्या देखापरेकाले आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालको भनाइ छ ।