close

विपन्नको उपचारका लागि ४० लाख सहयोग

विपन्नको उपचारका लागि ४० लाख सहयोग

Trulli
ADVERTISEMENT

म्याग्दी । हङकङमा रहेका म्याग्देलीहरूले विपन्नको उपचारमा सघाउन ४० लाख सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङ्कङको २०औँ साधारणसभाका अवसरमा सङ्कलन भएको ४० लाख ११ हजार १११ ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषलाई उपलब्ध गराएको हो । 

मोना हङ्कङका अध्यक्ष कर्ण पुनले मङ्गलबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरे । हालसम्म म्याग्दीमा शिक्षा, स्वास्थ्य, पर्यटन विकासका साथै दैवीप्रकोपमा राहतस्वरुप करिब तीन करोड सहयोग गरिसकेको मोनाका अध्यक्ष पुनले बताए । कोषका महासचिव लोकबहादुर पुनले २०७१ सालमा स्थापना भएको संस्थाले गरिब बिरामीको उपचारमा सहयोग पुर्‍याउँदै आएको बताए । हालसम्म २६५ जनाको उपचारमा सघाएको पुनले बताए । 

हाइपोलास्टिक एनीमिया रोगबाट पीडित ओमकुमारी पुनको उपचारका क्रममा निधन भएपछि उनको उपचार अभियानमा सङ्कलन भएर बचत भएको १३ लाख रकमबाट उनकै नाममा ओमकुमारी शान्तिकोष स्थापना गरिएको थियो । तीन करोडको अक्षयकोष निर्माण अभियानमा हालसम्म एक करोड ४३ लाख सङ्कलन भएको कोषले जनाएको छ ।