close

सप्तकोसी बाढी पीडित भन्छन् : घर त फर्क्यौं तर त्रास उस्तै छ

सप्तकोसी बाढी पीडित भन्छन् : घर त फर्क्यौं तर त्रास उस्तै छ

Trulli
ADVERTISEMENT

उदयपुर । दुई महिनाअघि सप्तकोसी नदीको भंगालो बस्तीमा पसेपछि विस्थापित भएकाहरूको अस्थायी पुर्नस्थापनाको काम सकिएको छ । विस्थापितहरू घर फर्किए पनि त्रास भने कायमै रहेको बताउँछन् ।  

गत साउन १८ गते आएको बाढीमा परी २० हजार बढी नागरिक प्रभावित भएका थिए भने १५ सयभन्दा धेरै विस्थातिप भएका थिए । एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु-चिलिया बस्ती पसेको थियो ।

बाढीबाट विस्थापित भएका परिवारलाई पुर्नस्थापना गरिसकेको नगरप्रमुख अशोक कार्कीले बताए । विस्थापितलाई राहत उपलब्ध गराउने तथा आफ्नै घरमा फर्काउने काम भएको छ । वेलकाका वडानम्बर १, २, ३,  ८ र ९  साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिका ६ र ९  डुबानमा परेको थियो । 

‘केही घरहरू बनाउनैपर्ने अवस्थामा छन् । आफ्नो घर वरपर बस्ने ठाउँ बनाएर बस्नुभएको छ ।’ उनका अनुसार जोखिममा रहेका बस्तीलाई सुरक्षित राख्नका लागि कहाँ लाने, के गर्ने, कसरी लाने भन्ने चिन्ता छ । नगरपालिका आफैले बस्ती सार्न वैकल्पिक जग्गाको खोजी गरिरहेको मेयर कार्कीले बताए । 

‘दशैँ सकिने बित्तिकै हामी क्षति भएको सबै ठाउँमा पुग्यौँ । बाली बिग्रिएको छ,’ उनले भने । जनताले पनि हिउँदे बालीमा सहयोगको माग गरेका छन् ।

सप्तकोसीको बाढी आएको क्षेत्रमा अस्थायी तटबन्ध बनाइएको छ । तत्कालको लागि कोसीको बाँध फुट्ने जोखिम टरेको नगरप्रमुख कार्की बताउँछन् । हिउँदमा पानी नपर्ने भएकाले व्यवस्थित तटबन्ध निमार्ण गर्ने तयारी छ । करिब पाँच किलोमिटर बाँध बनाउने तयारीमा रहेको उनले बताए । चक्रबर्तीदेखि कोसी व्यारेजसम्म बाँधेर तटबन्ध लैजाँदा सुरक्षित हुने देखिएकाले कामको प्रकृया अघि बढाइसकेको उनले बनाए । 

यस वर्षको नगरपालिकाले बाढीको राहत वितरणमा करिब ३२ लाख खर्च गर्‍यो । नगरपालिकाले राष्ट्रिय विपद् समितिले खाद्यान्न र प्रदेश सरकारले आर्थिक सहयोग गरेको थियो ।