close

कालीकोट बाढी पहिरो : ६ जनाको मृत्यु,  १७ जना अझै बेपत्ता

कालीकोट बाढी पहिरो : ६ जनाको मृत्यु,  १७ जना अझै बेपत्ता

Trulli
ADVERTISEMENT

कालीकोट । कालीकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता रहेका छन् । कालीकोटमा पहिरोमा परेर २३ जना बेपत्तामध्ये ६ जनाको शव भेटिएको छ । 

पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका– ७ वालीका धु्रवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ । 

विष्टको परिवारका पाँच जना पहिरामा पुरिएर बेपत्ता भएको तीमध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र उनकी छोरी ज्यानी विष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए । 

“विष्ट परिवारका चार जनाको शव भेटिएको छ”, उनले भने, “पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म ६ जनाको मात्र शव भेटिएको छ ।” तिलागुफा नगरपालिका–४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको सूचना अधिकारी बमले जानकारी दिए ।