close

गाँजासहित एक जना पक्राउ

गाँजासहित एक जना पक्राउ

Trulli
ADVERTISEMENT

सर्लाही  । सर्लाही जिल्लाको मलंगवा नगरपालिका १ भैडैयास्थित सीमा ईलाकाबाट करिव १० के.जी. गाँजासहित एक जना पक्राउ परेका छन् । 

भारतमा घर बताउने २७ वर्षीय नुर मोहमदलाई पक्राउ परेका हुन् । बीआर ३० जेट ६४६६ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका
उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी खुटौनाले पक्राउ गरेको हो ।

पक्राउ परेका मोहमदलाई बरामद गाँजा तथा मोटरसाईकलसहित आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाइएको छ ।