close

संघबाट इजाजत लिएकाले पनि महानगरमा व्यवसाय दर्ता गर्नुपर्ने

संघबाट इजाजत लिएकाले पनि महानगरमा व्यवसाय दर्ता गर्नुपर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । संघ र प्रदेश सरकारबाट इजाजत लिई व्यवसाय गरिरहेकाहरूले पनि काठमाडौं महानगरपालिकामा पनि व्यवसाय दर्ता गर्नुपर्ने भएको छ।

महानगरपालिकाको राजश्व विभागले सूचना जारी गरेर महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरूले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको उल्लेख गरेको छ।

महानगरले ३० दिनभित्र व्यवसाय महानगरमा दर्ता गर्न र अनुगमनका क्रममा दर्ता नगरी व्यवसाय गरेको पाइएमा कारबाही गरिने पनि जनाएको छ।