close

दुर्घटना हुँदा ३० जना घाइते

दुर्घटना हुँदा ३० जना घाइते

Trulli
ADVERTISEMENT

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार-८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिँदा बसमा सवार ३० जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भई पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् । 

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ भने गम्भीर बनेका ३ जनालाई विराटनगर रेफर गरिएको छ ।