close

यस वर्षको सर्वोत्कृष्ट बन्यो 'पप्पी'

यस वर्षको सर्वोत्कृष्ट बन्यो 'पप्पी'

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीले यस वर्षको सर्वोत्कृष्ट कुकुरको उपहार  पप्पीलाई दिएको छ । कुकुर तिहारको दिन हत्या अनुसन्धानमा सघाएको 'पप्पी' लाई नेपाल प्रहरीले सर्वोत्कृष्ट कुकुरको उपहार दिएको हो । 

काठमाण्डू जिल्लामा भएका दुईवटा हत्या अनुसन्धानमा सघाएको 'पप्पी' नामको कुकुरलाई प्रहरीले यस वर्षको 'उत्कृष्ट कुकुर' ठहर गरेको छ। विगत डेढ वर्षदेखि अपराध अनुसन्धान कार्यमा खटिँदै आएको उक्त पोथी कुकुर जर्मन शेफर्ड जातको हो।

नेपाल प्रहरी केनाईन महाशाखाका अनुसार पप्पीको रेखदेख तथा तालिममा खटिएका प्रहरी हवलदार रामबहादुर गुरुङ उत्कृष्ट 'डग ह्यान्डलर' बने।  

कुकुर तिहारका दिन कुकुरलाई मृत्युको राजा यमराजको दूतका रूपमा पूजा गर्ने चलन छ।