close

आज प्रदेश-१,  बागमती र गण्डकी प्रदेशमा सामान्य वर्षाको सम्भावना

आज प्रदेश-१,  बागमती र गण्डकी प्रदेशमा सामान्य वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश नं १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा  मौसम सामान्यतया सफा रहनेछ।  

प्रदेश नं १, बागमती  र गण्डकी प्रदेशका थोरै  स्थानहरूमा  हल्का वर्षाको सम्भावना छ। यी तीन प्रदेशमा राति पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।