close

बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत

बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत

Trulli
ADVERTISEMENT

नवलपरासी । मनकामना दर्शनको लागि जादै गरेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा रम्भा गाउँपालिका-१ का १७ वर्षीय विनय विक, ४१ वर्षीया तारा विक र ६२ वर्षीया धनी विक छन् । त्यस्तै सोही ठेगानाकी ५८ वर्षीया देवी गाहा स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी फूलमाया माझी रहेकी छन् ।

पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्वको बुलिङटारमा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको डिएसपी पाठकले जानकारी दिए ।