close

सुदूरपश्चिममा भूकम्पको धक्का महशुस

सुदूरपश्चिममा भूकम्पको धक्का महशुस

Trulli
ADVERTISEMENT

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ। आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको ४.६ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो । 

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ।