close

लेखा परीक्षक खोज्दै बाँसगढी

लेखा परीक्षक खोज्दै बाँसगढी

Trulli
ADVERTISEMENT

बर्दिया । बाँसगढी नगरपालिकाले सबै सामुदायिक विद्यालयको आन्तरिक लेखा परीक्षण गर्ने भएको छ । 

नगरपालिकाले आज सूचना जारी गर्दै सबै लेखा परीक्षण गर्नुपर्ने भएकोले १५ दिनभित्र आशयपत्र पेश गर्न आग्रह गरेको हो । सूचिकृत लेखा परीक्षकले आवश्यक कागजात र एक हजार ५०० दस्तुरसहित आवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ । 

आवेदनका लागि आफ्नो कम्पनीको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र र कर्मचारी भएमा विभागीय स्वीकृति आवश्यवक रहने नगरपालिकाले उल्लेख गरेको छ ।