close

कारको ठक्करबाट ३ जनाको मृत्यु, २ जना घाइते

कारको ठक्करबाट ३ जनाको मृत्यु, २ जना घाइते

Trulli
ADVERTISEMENT

रुपन्देही । भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीनजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बिहान करिब साढे ४ बजे कारको ठक्करबाट मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीय सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशुको मृत्यु भएको हो । 

त्यस्तै २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । घाइतेहरुको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको डीएसपी अर्यालले बताए।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर पहिचान नभएको टाटा कम्पनीको इन्डोगो कारले ठक्कर दिँदा रुपन्देही ओमसतिया–४ पननीमा ठक्कर दिँदा उनीहरूको ज्यान गएको हो । ठक्कर दिएर फरार भएको कार र चालकको खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।