close

१२ वर्ष कैद सजाय माग गर्दै लामिछानेविरूद्ध मुद्दा दर्ता

१२ वर्ष कैद सजाय माग गर्दै लामिछानेविरूद्ध मुद्दा दर्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । बलात्कार आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।  

सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी दीपक दाहाल जानकारी दिए । जिल्ला अदालत काठमाडौंका अनुसार  आज मुद्दा दर्ता भए पनि भोलिदेखिमात्र थप प्रक्रिया अघि बढ्नेछ । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले अभियुक्तविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन।

प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछाने गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।