close

अब सरकारी कार्यालय एक घन्टाअगावै बन्द हुने

अब सरकारी कार्यालय एक घन्टाअगावै बन्द हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । अब  सरकारी कार्यालय एक घन्टाअगावै बन्द हुने भएका छन् । गृहमन्त्रालयद्वारा २६ वैशाखामा राजपत्रमा प्रकाशित सूचनाबमोजिम बुधबारदेखि सबै सरकारी कार्यालय तीन महिनाका लागि एक घन्टा अगाडि नै बन्द हुने भएका हुन् । 

गृह मन्त्रालयले २६ वैशाखमा राजपत्रमै यसबारे सूचना जारी गरेको थियो। उक्त सूचनामा १६ कात्तिकदेखि १५ माघसम्म एक घन्टा अगाडि नै सरकारी कार्यालय बन्द हुने उल्लेख छ। 

१६ कात्तिकदेखि १५ माघसम्म कार्यालय समय बिहान साढे ९ देखि अपरान्ह साढे ४ बजेसम्म रहनेछ। यसअघि साढे ५ सम्म सरकारी कार्यालय खुल्ने गरेका थिए।

गृह मन्त्रालयले सोही समय प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर उक्त निर्णय २ असारमा राजपत्रमै सूचना जारी गरी खारेज गरेको थियो।