close

छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता

छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता

Trulli
ADVERTISEMENT

कञ्चनपुर– कृष्णपुर नगरपालिकाले छोरी जन्माउने आमालाई ‘प्रोत्साहन भत्ता’ दिने भएको छ । नगरपालिकाको ‘बालिका प्रोत्साहन’ कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षदेखि छोरी जन्माउने आमालाई २ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिन लागिएको हो । 

बालिका प्रोत्सान कार्यक्रममा आमाको नागरिकता, विवाह दर्ता, छोरीको जन्मदर्ता लगायतका कागजात बुझाएर खाता खोलिने नगरपालिकाले जनाएको छ। उक्त खातामा छोरी जन्माउने आमालाई दुई हजार रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने छ। 
छोराको आशामा भ्रुणको लिंग पहिचान गराउने र छोरी भए गैरकानुनी रुपमा असुरक्षित गर्भपतन गराउने कामलाई रोक्न प्रोत्साहन भत्ता दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।