close

६८२ जनाले गरे रक्तदान

६८२ जनाले गरे रक्तदान

Trulli
ADVERTISEMENT

काठमाडौं- विश्वशान्ति दिवस तथा मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजको ७३औँ जन्मोत्सवको अवसरमा ६८२जनाले रक्तदान गरेका छन् ।

'रक्तदान जीवनदान, आत्म ज्ञान अति महान्, सेवा गर्ने हाम्रो अभियान' भन्ने नाराका साथ देशव्यापी रक्तदान आयोजना गरिएको हो । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा देशभर रहेका शाखा आश्रमहरूमा पनि रक्तदान गरेका छन् ।

जन्मोत्सवको अवसरमा समितिले तीन दशकदेखि निरन्तर रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । यो बाहेक संस्थाले विभिन्न अवसर पारेर हरेक वर्ष देशभरका आश्रममा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।