close

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना

Trulli
ADVERTISEMENT

सोलुखुम्बु- शनिबार बिहान लुक्लाबाट ७:१३ मिनेटमा लोबुचे उडेको मनाङ एयरको ‘एन-एएनजे' कलसाइन भएको हेलिकप्टर खुम्बुपासाङल्हामु गाउँपालिका-४ लोबुचेमा दुर्घटना भएको छ । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार यात्रु लिन गएको मनाङको हेलिकप्टर ७:२५ बजे लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो।

दुर्घटनामा परी  पाइलट प्रकाश कुमार सेडाइ घाइते भएका छन् । पाइलट सेडाइलाई उपचारका लागि ह्याम्स अस्पताल काठमाडौं ल्याइएको छ ।