close

कम तौलको ग्याँस भेटिएपछि नगरपालिकाले उठायो सिलिण्डर

कम तौलको ग्याँस भेटिएपछि नगरपालिकाले उठायो सिलिण्डर

Trulli
ADVERTISEMENT

सुनसरी- इनरुवा नगरपालिकाले बजार अनुगमनको क्रममा कम तौलको ग्याँस भेटेपछि सिलिण्डर जफत गरिएको नगरपालिकाले जनाएको छ । 

बजार अनुगमनको क्रममा नगरपालिकाकी उपप्रमुख विनिता मेहतासहितको टोलीले सिलबन्द ग्याँस जोख्ने क्रममा सुविधा ग्याँसको तौल कम पाएको थियो । अनुगमनको क्रमा प्रतिसिलिण्डर ३ सयदेखि ४ सय ग्राम ग्याँस कम पाइएको नगरपालिकाका प्रवक्ता सुमन थापाले पालिकाखबरलाई बताए । 

छड्के जाँचका रूपमा जोखिएको सिलिन्डरमा ग्याँस कम पाइएपछि अनुगमन टोलीले बिक्रीका लागि राखिएका अन्य ग्याँस सिलिण्डरसमेत तौलिएको थियो । सबै ग्याँसमै कम तौलको भेटिएपछि ग्याँस जफत गरेको हो ।

नगरप्रमुख केदार भण्डारीको निर्देशनमा कम तौलका ग्याँस जफत गरी नापतौल विभागलाई जिम्मा दिइएको नगरपालिकाका प्रवक्ता थापाले बताए ।